युथ फर ब्लडकाे सचेतना कार्यक्रम मेरिल्याण्ड कलेजमा सम्पन्न

युथ फर ब्लडकाे सचेतना कार्यक्रम मेरिल्याण्ड कलेजमा सम्पन्न

युथ फर ब्लडले युके डिग्रीकाे बिबिए पढाइ हुने मेरिल्याण्ड कलेज विराटनगरमा 'कलेज सचेतना कार्यक्रम' स‌ंचालन गरेकाे छ । अाज बुधबार कलेजका करिब सय जना विद्यार्थी तथा शिक्षकहरुलाइ रगत र रक्तदान सम्बन्धी सचेतना गराएका थिए । संस्थाका संस्थापक सराेज कार्कीले प्रेजेन्टेसनका माध्यमबाट सचेतना गराएका थिए । यस कार्यक्रमबाट रक्तदान बारे अाफ्ना गलत धारणाहरु हटाउन सबै विद्यार्थीलाइ सहयाेग मिलेकाे कलेजकी विद्यार्थी तथा युथ फर ब्लडकी स्वयमसेविका निलिमा बिमलीले बताइन् ।
सचेत भएका विद्यार्थी र शिक्षकहरुले भाेली बिहिबार साेहि कलेजमा हुने कार्यक्रममा रक्तदान गर्नेछन् ।

cac merryland (2)

cac merryland (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्