विराट गोल्डकप फुटबल प्रतियोगिता माघ २८ गतेबाट

विराट गोल्डकप फुटबल प्रतियोगिता माघ २८ गतेबाट

विराटनगरमा हुने विराट गोल्डकप फुटबल प्रतियोगिता माघ २८ गतेदेखि हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरको सहिद रंगशालमा माघ २८ देखि फागुन ८ गतेसम्म गोल्ड कप फुटबल टुर्नामेन्टको ३१ औं संकरण आयोजना हुने भएको हो।
बुधबार विराटनगरमा ट्रष्टले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। ट्रष्टले गोल्डकप आयोजना गर्न ट्रष्टका कोषाध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा छुट्टै आयोजक समिति बनाएर भव्य थालेको छ।
समितिका अध्यक्ष राउतले भने,'हामीले विगतको भन्दा, अझ राम्रो र भव्य गोल्डकप गर्न सबै पक्षसँग आग्रह गरेका छौं।' व्यवसायी, स्थानीयबासी, राजनीतिक दल, खेलकुदका सबैपक्ष र सरोकारवालाबाट विगतको भन्दा ठुलो सहयोगको अपेक्षा गरेको अध्यक्ष राउतले बताए।
प्रतियोगिताको प्रथम चरणबाट बाहिरने टिमले ३० हजार र दोस्रो चरणबाट बाहिरने टिमलाई ७५ हजार र तेस्रो चरणबाट बाहिरने टिमलाई एक लाखलाई प्रदान गरिने राउतले जनाकारी दिए।
२०१८ सालबाट श्री ५ महेन्द्र गोल्डकप फुटबल प्रतियोगिताको नामबाट हुँदै आएको गोल्डकप २०६२÷०६३ जनआन्दोनको राजनीतिक परिवर्तनसँगै गोल्डकपको नाम परिवर्तन गर्दै विराट गोल्डकपबाट सञ्चालन हुन थालेको हो।
ट्रष्टका कार्यवाहक अध्यक्ष तथा एन्फाका उपाध्यक्ष सन्तोष बानियाले प्रतियोगिताका लागि आवश्यक मैदान, प्राविधिक लगायत अन्य व्यवस्थापनको काम सुरु गरिसकेको जानकारी दिए।
प्रतियोगितामा एघार टिम सहभागी हुनेछन्। नेपालका तीन विभागीय टिम, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी तथा मोरङ–११, झापा–११, थ्री स्टार, मनाङ मस्र्याङ्दी क्लब, भुटान–११ तथा भारतको जर्ज टेलिग्राफ, युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशका ए डिभिजन क्लबले भाग लिने जनाइएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक मारुती सिमेन्ट र रमपम चाउचाउ रहेका छन् । प्रतियोगिताको विजेताले ५ लाख एक हजार तथा उपविजेताले तीन लाख एक हजार नगद सहित कप जित्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्