रंगेलीमा आज बिहानैदेखि विरोध प्रदर्शन , बिराटनगरमा पनि सुरक्षा कडा

रंगेलीमा आज बिहानैदेखि विरोध प्रदर्शन , बिराटनगरमा पनि सुरक्षा कडा

माघ ८ विराटनगर

हिजो भएको रंगेली घटनाको विरोधमा मधेशी मोर्चाका कार्यकर्ता आज बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रहरीको गोली लागेर मोरङको रंगेली र डाइनियामा विहीबार तीन जनाको मृत्यु भएको थियो ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहानैबाट विरोध गरिरहेका छन् । कटहरी, नयाँ बजार, रंगेली, डाइनिया लगायतका स्थानमा प्रदर्शन गर्दै सवारी चल्न रोक लगाइएको छ । बजार खुलेका छैनन् । विराटनगर–रंगेली सडक खण्डमा सवारी साधन ठप्प छ ।  अप्रिय घटना हुन नदिनका लागि सबै ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोे मोरङ प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्सालले बताए । साथै हिजो साझ बिराटनगरमा समेत भएको झडप लाई मध्यनजर गरि विराटनगरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्