रंगेली घटना छानबिन गर्न १० सदस्यीय समिति

रंगेली घटना छानबिन गर्न १० सदस्यीय समिति

सुमन तिमल्सिना

विराटनगर, माघ ८ - मोरङ रंगेलीमा भएको घटनाका बारेमा अध्ययन गर्न १० सदस्यीय घटना अध्ययन समिति गठन भएको छ । शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्बदलीय बैठकले घटनाको बारेमा अध्ययन गर्न सांसद शिव कुमार मण्डलको संयोजकत्वमा समिती गठन गरेको हो ।

समितिका अन्य सदस्यमा एमालेका महेश रेग्मी, कांग्रेसका यदु विष्ट, फोरम लोकतान्त्रिकका हरि सिंह, राप्रपाका सुरेन्द्र थापा, नेकपा माओवादीका सुनिल लिम्बु, न. सद्भावना पार्टीका जगन्नाथ प्रसाद राजबंशी, पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, इन्सेकका सोमराज थापा र उद्योग संगठन मोरङबाट एकजना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

सर्वदलीय बैठकमा दलका प्रतिनिधिले राज्य पक्ष जिम्मेवार नभएको कारण घटना घटेको आरोप लगाएका छन् । दुबै कार्यक्रम एकै ठाउँमा गर्न दिन नहुनेमा कार्यक्रम एकै ठाउँमा आयोजना हुनु नै घटना हुनुको कारण रहेको औल्याएका हुन ।

घटनामा सरकारमा रहेको नेकपा एमालेको युवा संघले जिम्मेवारी लिनुपर्ने मधेसी दलहरुले आरोप लगाएका छन् । सर्बदलीय बैठक भनिएको भएपनि घटनामा संलग्न रहेको मधेसी मोर्चाको कुनैपनि दल बैठकमा आएनन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले अब हुनसक्ने घटनाको बारेमा सबै गम्भीर भएर लाग्नुपर्ने बताउनु भएको छ । उहाँले मोर्चासँग थप छलफल गरी घटनालाई थप हिंसात्मक हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । अबको दिनमा प्रशासनबाट स्वीकृती लिए बाहेकका कार्यक्रमहरु रोक्ने समेत सहमति भएको उहाँले जानकारी दिनुभयो ।

यसैबिच, मोर्चाले ठाउँ ठाउँमा प्रदर्शन सुरु गरेको छ । रंगेलीमा दुई वटा मोटरसाइकलमा तोडफोड भएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्