मधेस आन्दोलनको आज एक सय ६१ दिन ,आन्दोलन झन कडा बनाउदै

<span class='c1'>मधेस आन्दोलनको आज एक सय ६१</span> <span class='c2'>दिन ,आन्दोलन झन कडा बनाउदै</span>

विराटनगर ८ माघ ।

मोरङको रंगेलीमा हिजो भएको घटनाको विरोधमा मधेसी दलले आजदेखि आन्दोलन फेरि चर्काएका छन् । वीरगन्जमा पनि मधेसी दलका नेता कार्यकर्ताहरु आज बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, संघीय मधेसी मोर्चा र संघीय समावेशी मधेसी युवा गठवन्धनका नेता कार्यकर्ताहरुले वीरगञ्जका विभिन्न चोकमा टायर बालेर सरकार र मुख्य तीन दलविरुद्ध नाराबाजी गरिरहेका छन् । आन्दोलनकारीहरुले वीरगन्जको घण्टाघर, माइस्थान, मुर्ली, पावरहाउस चोक र लक्ष्मणवा चोक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका हुन् । संघीय समावेशी मधेसी युवा गठबन्धनका नेता कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघर चोकमा आज बिहान प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । आन्दोलनकारी दलका नेता कार्यकर्ताहरुको प्रदर्शनका कारण वीरगन्ज बजार आज बिहानैदेखि बन्द भएको छ । यस्तै प्रदर्शनकारीहरुले वीरगन्जमा शुक्रबार सार्वजनिक यातायातका सवारी साधन र स्कुल बससमेत चल्न दिएका छैनन् ।बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले वीरगञ्जको घण्टार चोकमा शुक्रबार बिहान बा १० च २३८४ नम्बरको गाडीमा तोडफोड गरेका छन् । घण्टाघर चोकमा रहेको नेपाल दूरसन्चार कार्यालयमा पनि आन्दोलनकारीहरुले तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले दूरसञ्चार कार्यालयमा ढुङगामुढा गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको छ । यस्तै बाराको कलैयामा पनि मधेसी दलका कार्यकर्ताहरुले शुक्रबार बिहानै देखि प्रदर्शन गरेका छन् । उनीहरुले कलैयामा बजार बन्द गराउनुका साथै सार्वजनिक यातायातका सवारीसाधन पनि चल्न दिएका छैनन् । आन्दोलनकारीहरुले कलैयामा शुक्रबार बिहान दुईवटा मोटरसाइकलमा आगजनी पनि गरेका छन् । तेल ओसारेको भन्दै मधेसी दलका कार्यकर्ताहरुले कलैयाको बालमन्दिर नजिकबाट लु १ प ९५७० र नम्बर प्लेट नभएको अर्को एउटा गरि दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएर भरत चोकमा लगी आगजनी गरेका हुन् । मोटरसाइकलमा आगजनी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा आन्दोलनकारी र प्रहरीबीच भरत चोकमा झडप भएको थियो । मधेसी दलका कार्यकर्ताहरुले बाराको मटिअर्वा, बबुआइन, बरियापरपुर, पिपराडी, जीतपुर र परवानीपुर लगायतका स्थनामा पनि बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका छन् ।
मोरङको रंगेलीमा हिजो मधेसी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक महिलासहित तीनजनाको मृत्यु भएको थियो । सीमाङ्कन र संविधानमा असन्तुष्ट मधेसवादी दलले आन्दोलन थालेको आज एक सय ६१ दिन पुगेको छ । यस्तै वीरगन्ज रक्सौल नाकामा मधेसी दलको नाकाबन्दी शुक्रबार एक सय २१ औं दिन पनि जारी रहेको छ । मधेसी दलहरुले गत असोज ७ गतेदेखि वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पार्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्