आन्दोलनले थन्केका मोरङका विकास निर्माणका काम फेरि सुरु

आन्दोलनले थन्केका मोरङका विकास निर्माणका काम फेरि सुरु

विराटनगर ९ माघ । पांच महिना देखीको आन्दोलनका कारण अवरुद्ध मोरङका विकास निर्माणका काम फेरि सुरु हुन थालेको छ । बन्द हडताल पूर्णरुपमा हटेको र इन्धन अभावको स्थिति सहज बन्दै गएका कारण जिल्ला विकास समितिबाट सञ्चालित ३०० भन्दा बढी विकास निर्माणका योजना सञ्चालनमा आएको मोरङ जिल्लाका कस्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बताउनुभयो । अहिले गाउँगाउँमा ठूला डोजर, स्काभेटर जस्ता यन्त्र प्रयोग गरेर निर्माणका काम थालिएको हो । इन्धनको अभाव र असुरक्षाका कारण सवारीसाधन नचलेपछि जिल्ला विकास समितिका सबै विकास निर्माण योजना ठप्प हुँदै आएका थिए । स्थानीय विकास अधिकारी मैनालीले स्थिति सहज बन्दै गएपछि छनोट योजना सञ्चालनका लागि कार्यस्थलमा गएर लागत अनुमान गर्ने काम भइरहेको जानकारी दिनुभयो । जिविस मोरङ्गले रु एक लाखदेखि आठ करोडसम्मका ३०० भन्दा बढी योजना सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्