बिराटनगर माघ १० , रंगेली घटनामा गएको तीन जनाको ज्यान तथा बिराटनगरमा बिहिवार साझ सद्भावना पार्टीका केन्द्रीय सदस्य दिलिप धाडेवा माथिको आक्रमणको दोषी युवा संघका सचिव पर्शुराम बस्नेत भएको भन्दै उनिमाथि मुद्दा चलाउन मोर्चाले प्रहरीलाई दवाव दिएको छ । शनिबार बिराटनगरमा पत्रकार सम्मेलन आयोजना गरि मोर्चाले रंगेली घटना तथा बिराटनगर घटनाका योजनाकार बस्नेत भएको भन्दै कार्वाहीको माग गरेको छ । मोर्चाले बस्नेतलाई कार्वाही नभएमा स्थानीय प्रशासन बिरुद्ध आन्दोलन गर्ने पनि बताएको छ ।