राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै हुने

राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै हुने

विराटनगर १० माघ ।
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै हुने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वाधारको नाममा खेलकुद रोक्न नहुने बताउँदै राष्ट्रिय खेलकुद पूर्वाञ्चलमै हुने बताउनुभयो । उहाँले साग खेलकूदको तयारी राम्रोसँग भएको र पूर्वका झापा र मोरङमा तयारी सुरु भएको जानकारी दिनुभयो । प्रतियोगिताको तयारीमा कमजोरी नहुने उहाँले बताउनुभयो । नाकाबन्दी र मधेस आन्दोलन, बन्द र हड्तालले खेलकुदका गतिविधिसमेत सङ्कटमा परेको उहाँको भनाइ थियो । विश्व क्रिकेट महासङ्घ (आइसिसी)को सहयोग रकम क्यानले लेखा परीक्षण नगराएको बताउँदै मन्त्री मण्डलले हरेक सदस्यले बेरुजू फस्र्योट गरेर सफाई पाएमात्र आफू कार्यक्रममा सहभागी हुने बताउनुभयो । क्रिकेट एसोसिएसनका पदाधिकारी जिम्मेवार बन्नुपर्ने बताउदै दैनिक काम पारदर्शी र चुस्त बनाउनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्