रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई किरिया खर्च स्वरुप २५ हजार रुपैयाँ

रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई किरिया खर्च स्वरुप २५ हजार रुपैयाँ

प्रेम देवान
विराटनगर १० माघ
मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई तत्कालका लागि किरिया खर्च स्वरुप २५ हजार रुपैयाँ दिने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आज मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्बदलीय बैठकमा पीडित परिवारलाई तत्त्काल किरिया खर्चवापत २५ हजार रुपैयाँ राहत दिने सहमति भएको हो गत बिहीबार प्रहरीको गोली लागी मृत्यु भएका तीन जनाको शव पनि मोर्चाले वुझ्ने लिखित सहमति भएको छ । कोशी अञ्चल अस्पतालको शव गृहमा मृतकको शव राखिएको छ । त्यसैगरी मृतकलाई शहिद घोषणा गर्न, घटनाको छानविन गर्न उच्चस्तरीय न्यायीक समिति गठन गर्न र घाइतेहरुको निःशुल्क उपचारका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने सहमति पनि बैठकमा भएको छ । प्रमुख जिल्ला अधिकारी तोयन रायको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलिय वैठकमा मधेसी मोर्चाका तर्फबाट राजकुमार यादव, मोहम्मद कादिरलगायतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी लगायत दलका प्रतिनिधिहरुले पनि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । मोरङको रंगेली घटनापछि मधेसी मोर्चासहितका दलहरुसँग स्थानीय प्रशासनको पहिलोपटक छलफल भएको हो । गत बिहीबार रंगेलीमा प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको थियो भने ९ जना घाइते थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्