मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा आज प्रहरीको एउटा भ्यान फुटाए

<span class='c1'>मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा आज</span> <span class='c2'>प्रहरीको एउटा भ्यान फुटाए</span>

 

बिराटनगर माघ ११

संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा प्रहरीको एउटा भ्यान फुटाएका छन ।

मोर्चाका कार्यकर्ताले धरानरोडको महावीरचोकमा वडा प्रहरी कार्यालय विराटनगर(क)को ना १ झ १२२८ नम्बरको भ्यान फुटाएका हुन । मोर्चाका कार्यकर्ताले राजमार्गकोबीचमा टायर बालेर सडक अवरुद्ध गर्न खोजेपछि पुगेको प्रहरी भ्यानलाई लक्षित गरेर प्रहार गरिएको ढुंगा लागेर भ्यानको अगाडिको सिसा फुटेको छ । ढुंगा प्रहार गर्नेहरु राजमार्गको पश्चिम सरौचियातर्फ भागेको वडा प्रहरी कार्यालय विराटनगर (क)का प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो । यता घटनाको बिषयमा प्रतिक्रिया दिंदै मोर्चाका मोरङ संयोजक राजकुमार यादवले रंगेली घटनापछि कार्यकर्ता तहमा आक्रोश रहेको बताउनुभयो । उहांले आज विराटनगरमा रंगेली घटनामा मारिएका कार्यकर्ताको शवयात्रा रहेकाले आफुहरुले पुर्णरुपमा बन्दको आव्हान गरेको र त्यसलाई कार्यान्वयन गराउने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि घटना भएको हुनसक्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्