आदर्श उच्च माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

<span class='c1'>आदर्श उच्च माध्यमिक विद्यालयमा</span> <span class='c2'>अंग्रेजी माध्यमबाट कक्षा संचालन</span>

 

बिनुतिम्सिना
विराटनगरकै पुरानो विद्यालय श्री आदर्श उच्च माध्यमिक विद्यालयले यसै शैक्षिक शत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने भएको छ । विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने तयारी गरेपछि विद्यार्थी र अभिभावकहरु समेत हर्सित भएका छन् ।

विसं १९८६ सालमा स्थापना भएको आदर्श उच्च मावीले आउने शैक्षिक शत्रदेखि अंग्रेजी माध्यमबाट समेत पठनपाठन सुरु गर्ने भएको छ । विद्यालयले पहिलो चरणमा कक्षा ५ देखि ९ कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने भएको हो । विपन्न वर्गका अभिभावकहरुलाई आफ्ना छोराछोरी पनि अंग्रेजी माध्यममबाट पठनपाठन गराउने चाहना भएपनि आर्थिक अभावमा नसकिरहेको अवस्थामा आफुहरुले अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद चुडाल बताउनुहुन्छ ।

विद्यालयले अंग्रेजी माध्यमका साथसाथै डिजिटल प्रणालीबाट समेत कक्षा संचालन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । अंग्रेजी माध्यमबाट पठनपाठन गराउनका लागि भने आफुहरुले अभिभावकहरुको समर्थन मै थोरै शुल्कसमेत लिने तयारी गरेको उहाँको भनाइ छ । अंग्रेजी माध्ययममा पढ्ने रहर हुँदाहुदै पनि अभिभावकहरुको आर्थिक स्थिति कमजोर हँुदा पढ्न नपाएको बताउँदै विद्यार्थी हरुले आफ्नै विद्यालयले अंगेजी माध्यमबाट पठन पाठन गराउने भएपछि आफुहरु उत्साहित भएको बताए ।

आफ्ना छोराछोरीलाई अंग्रेजी माध्यममा पढाउन रहर भएपनि महंगो शुल्क तिरेर पढाउन नसकेको अभिभावकहरुको गुनासो छ । तर सामुदायिक विद्यालयहरुले यसरी पढाइको गुणस्तरमा बृद्धि गर्दै थोरै शुल्कमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्दा निकै खुशि लागेको अभिभावक महावति माझि बताउनुहुन्छ ।

विद्यालयमा हाल छ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् । सामुदायिक विद्यालयको घट्दो साख बढाउने र सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीहरुलाई आकर्षक उद्देश्यले विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्न लागेको जनाएको छ । सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु पछि अंग्रेजी माध्यम कै लागि अभिभावकहरुले महंगो शुल्क तिरेर संस्थागत विद्यालय जानु पर्ने बाध्यताको अन्त्य हुने विद्यालयको दावि छ । गत वर्ष विराटनगरकै सत्यनारायण उच्च मावि र केही वर्षअघि पोखरीया उच्च माविले अंग्रेजी माध्यमबाट पठनपाठन सुचारु गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्