रंगेली घटनाका मृतककाे शवयात्रा विराटनगरमा

<span class='c1'>रंगेली घटनाका मृतककाे</span> <span class='c2'>शवयात्रा विराटनगरमा</span>

मोरङको रंगेलीमा गत साता प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुको आज शवयात्रा निकालिएको छ । शवयात्रामा मधेसी मोर्चाका कार्यकर्ता सयौंको संख्याका सहभागी थिए ।कोशी अञ्चल अस्पतालबाट शवयात्रा निकाल्नुअघि मधेसी नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, जेपी गुप्ता, अनिल झालगायतले मृतकहरुप्रति श्रद्धान्जलि दिएका थिए । शवयात्राले विराटनगरका विभिन्न भागको परिक्रमा गरी कटहरी हुँदै रंगेली पुगेको थियो । रंगेलीबाट डायनिया हुँदै स्थानीय खोलामा मृतकको सामूहिक संस्कार गरियो । गत विहीबार भएको गोलीकान्डमा रंगेलीकी ५८ वर्षीया द्रोपतिदेवी चौधरी, बरडंगा–२ का ४५ वर्षीय महादेव ऋषिदेव र डायनिया–९ का २५ वर्षीय शिवु माझीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्