विराटनगर नगरपालिद्वारा आर्थिक वर्ष २०७३/७४ को बजेट सार्वजनिक

<span class='c1'>विराटनगर नगरपालिद्वारा आर्थिक वर्ष</span> <span class='c2'>२०७३/७४ को बजेट सार्वजनिक</span>

विराटनगर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३/७४ का लागि करिव ५० करोड बराबरको अनुमानित आय व्ययको बजेट सार्वजनिक गरेको छ । आज विराटनगरमा उपमहानगरपालिकाले एक समारोहको आयोजना गरी सो बजेट सार्वजनिक गरेको हो ।

बालमैत्री नगर निर्माणका लागि गृहकार्य गरीरहेका उपमहानगरपालिकाले सोमबार एक समारोहको आयोजना गर्दै बालक्लबका अध्यक्ष प्रीतम साहको हातबाट नगरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । बजेट बाचन गर्दै उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले आर्थिक वर्ष २०७३/७४ कालागि उपमहानगरपालिकाले ४९ करोड ८० लाख ८० हजार रुपैंया बराबरको अनुमानित आयव्यय प्रस्तुत गरिएको छ । बजेटमा आन्तरिक स्रोतबाट २२ करोड ७९ लाख ४९ हजार, नेपाल सरकारबाट सशर्त अनुदानबाट १८ करोड ५० लाख, निशर्त अनुदानबाट ६ करोड ३७ लाख र विभिन्न दातृ निकाय तथा संघसंस्थाहरुबाट १ करोड १५ लाख र जनसहभागिताबाट ९८ लाख जुटाउने लक्ष्य राखिएको बताउनुभयो ।

नगरपालिकाले आर्थिक २०७२/७३ मा ५१ करोड ४६ लाख ८ हजार आय हुने अनुमान गरेकोमा गत पौष २६ गतेसम्म १५ करोड ४० लाख १८ हजार २ सय ४० रुपैंया मात्र संकलन गरेकाले आगामी वर्षको बजेट पनि महत्वकांक्षी देखिएको छ । यद्यपी २०७२/७३ को तुलनामा २०७३/७४ को बजेट भने कम गरिएको छ । नगरवासीहरुले सोमबार सार्वजनिक गरिएका बजेट, कार्यक्रम र नीतिहरु प्रसंसा योग्य रहेको बताउदै यसलाइ कागजमा मात्रै समिति नराखि कार्यान्वयनमा ल्याउन सके विराटनगरलाइ संघिय राज्यको राजधानि बनाउन सहयोग पुग्ने बताए ।

त्यस्तै उद्योगी व्यवासायीहरुले समेत नगरको विकास निर्माणलाइ प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिए । नगरलाइ कलर जोन बनाउने, भइरहेका विकास निर्माणका कार्यलाइ तिब्रता दिनुपर्नेमा उनिहरुले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै बालक्लबका अध्यक्ष तथा प्रमुख अतिथि प्रीतम साहले उपमहानगरपालिकाले बाल मैत्री मात्रै नभइ अपांग मैत्री र जेष्ठ नागरिक मैत्री नगरको विर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले यस वर्ष केही नयाँ कार्यक्रम पनि सुरुवात गर्ने लक्ष्य घोषणा गरेको छ । नगरक्षेत्र भित्रका सय वर्ष पुगेका नागरिकलाई नगरकै कोषबाट प्रतिमहिना एक हजार रुपैंया भत्ता दिने कार्यक्रम घोषणा गरेको छ । त्यस्तै रिङ रोड, बसपार्क, रंगशाला, हवाइ मैदान विस्तार, भ्यु टावर, कृषि बजार, लगायतका योजनाहरु सम्पन्न गर्न सहयोगि र साझेदार संस्थाको पहिचान गरी कार्यान्वयनमा ल्याउने जनाइएको छ । त्यसैगरी सरकारले तोकेको मापदण्ड अनुसार घर बनाउदा सौर्य शक्तिको प्रवन्ध गर्ने गरी घर बनाएमा नक्सा पास दस्तुरमा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । साथै विद्युत बचत गर्न एलइडि बल्व प्रयोग गर्ने, आफ्नो घरको फोहोर व्यवस्थापन गर्ने, घर अगाडीको नाला सफा गर्ने, हरियाली प्रवद्र्धन गर्ने नगरवासीहरुलाइ घर जग्गा करमा १० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । यसैवर्ष देखि फाउन्टेन इको पार्कलाई सम्पन्न गर्ने र मिनी चडियाखाना निर्माणको थालनी गर्ने नगरको योजना रहेको छ । यस्तै सडक विस्तारलाई थप प्राथमिकतामा राखि काम गर्ने उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्