महेन्द्र मोरङका बिबिएका बिध्यार्थीले थाले क्याम्पसमा आन्दोलन

महेन्द्र मोरङका बिबिएका बिध्यार्थीले थाले क्याम्पसमा आन्दोलन

बिराटनगर माघ १२ ,

महेन्द्र मोरङ क्याम्पस बिराटनगरका बिबिए अध्ययनरत विधार्थीहरुले प्रमुख कार्यकक्षको कार्यालयमा तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले हरेक बर्ष शुल्कमा वृद्धि गरेपनि कलेजको भौतिक सुविधा र शैक्षिक विकासका लागि केहिपनि नगरेकोले आन्दोलन शुरु गरिएको विध्यार्थीहरुले बताए । शुरुमा २ लाख ६० हजार भनेर भर्ना गरेपनि अहिले बिनाकारण शुल्कमा वृद्धि गर्दै लगेको पनि उनिहरुको भनाइ छ । बिबिए पढ्न चाहिने कुनै भौतिक पुर्वाधार , शैक्षिक वातावरण नबनाई पैसा मात्रै उठाउदै आएको विध्यार्थीले आक्रोश राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्