“मधेशी मोर्चाको मागप्रति सरकार गम्भीर भएन , आन्दोलन जारी रहन्छ” – यादब

<span class='c1'>“मधेशी मोर्चाको मागप्रति सरकार गम्भीर भएन</span> <span class='c2'>, आन्दोलन जारी रहन्छ” – यादब</span>

बिराटनगर माघ १२

संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन प्रस्ताव पारित भएपनि त्यसले मधेशी मोर्चाको मागलाई नसमेटेकाले आन्दोलन जारी रहने बताउनु भएको छ ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष यादवले मधेशी मोर्चाको मागप्रति सरकार र मुख्यदल गम्भीर नभएकाले आन्दोलनको विकल्प नभएको बताउनुभयो । उहाले मधेशी मोर्चाको मुख्य माग प्रदेशको सिमांकन भएकाले यो विषय नटुग्याइकन सहमती नहुने बताउनुभयो । उहाले मोर्चाको मुख्य मागनै प्रदेशको सिमांंकंन भएकाले यो विषयलाई थाती राखेर अरु विषयमा सहमती जुटन नसक्ने बताउनुभयो ।
मधेशी मोर्चा वार्ताका लागी लचक भएपनि शान्ती पुर्ण आन्दोलनमा सरकारले दमनगर्न खोजेर वार्ताको माहोल विगारेको उहाको भनाइ थियो । उहाले वार्तावाटै समस्याको समाधान खोज्न मोर्चा तत्पर रहेकाले वार्ताको सहज वातवरण नभएसम्म वार्तामा वस्नुको कुनै अर्थ नरहने बताउनुभयो । उहाले आन्दोलनको स्वरुप परिवर्तन भएपनि माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । विगतमा भएको सहमती सम्झौता कार्यान्वयन गर्न समेत दलहरुलाइ आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्