विराटनगर भन्सार कार्यालयमा छिट्टै अनलाइन मार्फत राजश्व भुक्तानी गर्न मिल्ने

<span class='c1'>विराटनगर भन्सार कार्यालयमा  छिट्टै अनलाइन</span> <span class='c2'>मार्फत राजश्व भुक्तानी गर्न मिल्ने</span>

बिराटनगर माघ १२

विराटनगर भन्सार कार्यालयले छिट्टै नै आशिकुडा वल्र्ड प्रणालीलाई कार्यविधिमा ल्याउने भएको छ ।

६४ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा बोल्दै विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले आयात–निर्यातलाई सहज बनाउन विश्वको अत्याधुनिक प्रणाली आशिकोडा ल्याउने गृहकार्य भइरहेको जानकारी दिनुभयो । आशिकोडा प्रणाली लागु भएपछि अनलाइन मार्फत राजश्व भुक्तानी गर्न झन सहज हुने उहांले जानकारी दिनुभयो । बन्दहडतालको कारण नेपालका अन्य भन्सारक्षेत्रहरु प्रभावित भएपनि विराटनगर भन्सार कार्यालय भने आंशिकमात्र प्रभावित भएको उहांको भनाई छ ।
सिमा भन्सार कार्यालय जोगबनीका सहायक कमिश्नर प्रणेश गुप्ताले भन्सारक्षेत्र कुनैपनि देशको पहिलो ढोका भएकाले त्यसलाई ब्यवस्थित गर्न सरोकारवाला सबैको सहयोग हुनुपर्ने बताउनुभयो । उहांले असहज अवस्थामा समेत आफुले नेपालस्थित भन्सार कार्यालय प्रमुखसंग समन्वय गरेर आपुर्तिमा सघाउदै आएको बताउनुभयो । मोरंग व्यापार संघका अध्यक्ष पवन सारडाले नाकाबन्दीको समयमा समेत भारतीय भन्सार कार्यालय जोगबनीले आपुर्तीमा सहयोग गरेको बताउनुभयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राया,उद्योग संगठन मोरंगका अध्यक्ष शिवशंकर अग्रवाल,आन्तरिक राजश्व कार्यालयका विराटनगरका प्रमुख कर अधिकृत रमेशराज गौतम लगायतले बोल्नुभयो । कार्यक्रममा दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै दिवसको अवसर पारेर एजेन्ट संघले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६४ पिन्ट रक्त संकलन भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्