-बिनु तिम्सिना
आन्दोलनरत मधेशी मोर्चाले उखु कृषकहरुलाइ उखु ढुवानिमा कुनै अवरोध नगर्ने जनाएको छ ।
संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले आज विज्ञप्ती जारी गर्दै कृषकहरुलाइ उखु ढुवानीमा कुनै अवरोध नगर्ने जनाएको हो । रंगेलि घटना पछि त्यस क्षेत्रमा स्थिति असहज बनेपछि कृषकहरुलाइ उखु ढुवानी गर्न समस्या भइरहेको थियो । रंगेली घटनापछि मोर्चाले बन्दलाइ थप कडा बनाएपछि मोरङको दक्षिण पुर्वी गाविसहरु कदमाहा, कटहरी र रंगेली नगरपालिकाका कृषकहरुलाइ उखु ढुवानी गर्न समस्या भइरहेको थियो । तर मोर्चाले विज्ञप्ती जारी गरेर उखु ढुवानीमा कुनै अवरोध नगर्ने जनाएको छ ।