रंगेली घटनामा अभिभावक गुमाएका वालवालिकालाई सहयोग

<span class='c1'>रंगेली घटनामा अभिभावक</span> <span class='c2'>गुमाएका वालवालिकालाई सहयोग</span>

-बिनु तिम्सिना

विराटनगर, माघ १३ गते । मोरङको रंगेलीमा माघ ७ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको प्रदर्शनमा आफ्ना अभिभावक गुमाएका दुई परिवारका सात वालवालिकाको पठनपाठनकालागि बुधवार आर्थिक सहायता प्रदान गरिएको छ ।

मृतक परिवारका वालवालिकाको अध्ययनकालागि छात्रवृत्ती स्वरुप साई सेवा समाज निधीका अध्यक्ष डा. सुन्दरमणी दिक्षीतले २ लाख ५० हजार रुपैंयाँ आर्थिक सहायता प्रदान गर्नुभएको हो । सो घटनामा मृत्यु भएका महादेव ऋषिदेवका छोराछोरीको अध्ययनकालागि १ लाख ५० हजार रुपैंया र शिवु माझीको छोराछोरीको अध्ययनकालागि १ लाख रुपैंया सहायता प्रदान गरिएको छ ।

राहत रकम महादेव ऋषिदेवकी श्रीमती सीतादेवी र शिवु माझीकी श्रीमती रेखादेवी लाई मोरङको रंगेलीमा एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको छ । बैंकमा मुद्दती खाता खोलेर सहयोग रकम जम्मा गरिएको दाताहरुले जानकारी दिएका छन् ।

महादेव ऋषिदेवका दुई छोरा र दुई छोरी छन् भने शिवु माझीको दुई छोरा र एक छोरी छन् । अभिभावकको निधन भएपछि दुवै परिवारका वालवालिकाहरुको पठनपाठन अबरुद्ध हुने भएपछि साई सेवा समाज निधी र जनजाती कल्याण आश्रम नेपालले सहायता प्रदान गरेका हुन् । आश्रमले वालवालिकाको पठनपाठनमा निरन्तर सहयोग गर्ने जनाएको छ ।

सहायता प्रदान गर्दै डा. सुन्दरमणी दिक्षीतले रंगेली घटना अत्यन्त दुःखद भएको बताउनुभयो । उहाँले आफुहरु पीडितहरुको पीडा बाड्न र थोरै सहयोग गर्न आएको बताउनुभयो । राजनीतिक दलका नेताहरु सत्ता टिकाउने नाममा हिंसाको सहारा लिएको भन्दै मधेश समस्या समाधान गर्न सरकार गम्भिर नभएको दिक्षीतको भनाई थियो ।

यसैगरी सविता अग्रवाल मेमोरियल ट्रष्टले पनि शिवु माझीका एक जना सन्तानलाई कक्षा ११ सम्मको निशुल्क अध्ययनकालागि सहयोग गर्ने घोषणा गरेको छ । ट्रष्टका संचालक अशोक अग्रवालले सोही कार्यक्रममा सहयोगको घोषणा गर्नुभएको हो । कार्यक्रममा स्थानीय रुपमा क्रियाशिल श्री सत्य साई सेवा संगठन नेपालले पनि चार जना वालवालिकाको पठनपाठनमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

कार्यक्रममा संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादव, मोर्चाका रंगेली संयोजक शंकर साह, गनगाई समाजका अध्यक्ष श्यामप्रसाद मण्डल, रघु हास्दा लगायतले अधिकारकालागि आवाज उठाउने क्रममा मृत्यु भएका परिवारलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

मोरङको रंगेलीमा माघ ७ गते मोर्चाले प्रदर्शन गर्ने क्रममा भएको झडपमा तीन जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्