उद्याेगीलाइ कालाेबजारीकाे अाराेप लगाएर सरकारले हताेत्साहित गरेकाे गुनासाे

<span class='c1'>उद्याेगीलाइ कालाेबजारीकाे अाराेप लगाएर</span> <span class='c2'>सरकारले हताेत्साहित गरेकाे गुनासाे</span>

-बिनु तिम्सिना

भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण आपुर्ती असहज भएको बेला सरकारले उल्टै उद्योगीहरुलाइ कालोबजारी गरेको आरोप लगाएर हतोत्साहित बनाएको भन्दै पूर्वका उद्यागीहरुले सरकारको आलोचना गरेका छन् । विराटनगरमा आज सम्पन्न मोरङ व्यापार संघको ६१ औं साधारण सभा कार्यक्रममा सहभागि उद्योगीहरुले सरकारको आलोचना गरेका हुन् ।

पूर्वका उद्योगीहरुले व्यवसायिहरुलाई सरकारबाट यसरी नै निराश बनाउने र दुःख दिने काम भइरहे व्यवसायिहरु पलायन हुने मात्र नभइ गैरकानुनी रुपमा स्वदेशी पुँजी पनि बाहिरिने खतरा बढ्ने भन्दै सरकारलाइ चेतावनी समेत दिएका छन् । सरकार पुँजी र व्यवसायि पलायन हुने खतराप्रति गम्भिर नभएको समेत उनिहरुको आरोप छ । आपुर्ती असहज भएको बेला खाने तेल गोदाममा थन्काएर बढी मूल्यमा बिक्री गरेको आरोप लगाउँदै के एल दुगढ समुहका केही व्यसायिलाई मुद्दा चलाएको बिषयमा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष पशुपति मुरारकाले चर्को आलोचना गर्नुभयो ।

उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले उत्पादित वस्तुको मूल्य निर्धारण गरी एमआरपी कतिसम्म उल्लेख गर्न पाइने हो त्यस सम्वन्धि नीति तत्काल बनाउन सुझाव दिनुभयो । उहाँले एमआरपी लेखेकै आधारमा व्यवसायिहरुलाई जेलमा पठाउने काम भए निजी क्षेत्र निरुत्साहित हुने बताउनुभयो ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले मुद्रा आपुर्ती दर अधिक वृद्धि हुँदा मुद्रा स्फ्रितीमा चाप परेको आन्तरिक कर्जाको दर घटेको, निक्षेपको व्याजदर पनि घटेको, सरकारको राजश्व संकलनमा पनि कमी आएको भन्दै समग्र अर्थतन्त्रमा सुधार ल्याउन चुनौती भएको बताउनुभयो । जवाफमा अर्थ राज्यमन्त्री दामोदर भण्डारीले कालोबजारी अन्त्य गरी नागरिकलाई प्रभावकारी सेवा दिन सरकार क्रियाशिल रहेको बताउनुभयो ।

कालोबजारी नियन्त्रण गर्न सरकार भन्दा व्यवसायि नै बढी सक्रिय र जिम्मेवार हुनु पर्ने उहाले धारणा व्यक्त गर्नुभयो । राज्यमन्त्री भण्डारीले संकटको बेलामा निजी क्षेत्रले जिम्मेवार भएर सरकारलाई सहयोग गर्नुपर्ने भन्दै उहाले सरकार प्रतिकुल अवस्थालाई अनुकुल बनाएर राष्ट्रिय अर्थतन्त्रको विकास गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अबको बाटो सबै राजनीतिक दलहरु आर्थिक मुद्दामा केन्द्रीत हुने नै हो त्यसपछि उद्योगी व्यवसायिहरुले भनेजस्तै उद्योग व्यवसायको पक्षमा राष्ट्रिय माहौल तयार हुने छ । अब सरकार तपाइहरुको पक्षमा उभिने समय आएको छ ।’ उहाँले उद्योगी व्यवसायिहरुलाई व्याजमा छुट दिएर राहात प्रदान गर्न सरकारले एक खर्व रुपैंयाको छुट्टै फण्ड निर्माण गरेकोले सरकारले वास्ता गरेन भनेर आलोचना नगर्न आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्