बिराटनगर माघ १४ , रंगेली घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दुई परिवारका सात बालबालिकालाई पठनपाठनका लागि बुधबार आर्थिक सहयोग गरिएको छ । साई सेवा समाज निधिका अध्यक्ष डा. सुन्दरमणि दीक्षितले २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन । सहयोग मृत्यु भएका परिवारलाई हस्तान्तरण गर्दै दीक्षितले रंगेली घटना ज्यादै दुखद भएको बताए । त्यसैगरी सविता अग्रवाल स्मृति ट्रस्टले पनि शिवु माझीका एक सन्तानलाई कक्षा ११ सम्मको निशुल्क अध्ययानका लागि सहयोग गर्ने घोषणा गरियो ।