नवराज सुब्बाको छैटौं एकल गीतिएल्बम “बहारसंग” विराटनगरमा विमोचित

नवराज सुब्बाको छैटौं एकल गीतिएल्बम “बहारसंग”  विराटनगरमा विमोचित

बिराटनगर माघ १५

साहित्यकार  डा. नवराज सुब्बाको छैटौं एकल गीतिएल्बम “बहारसंग”  विराटनगरमा विमोचन भएको छ । बिहिबार एक समारोहमा पूर्वाञ्चलशास्त्रीय गायन समाजका अध्यक्ष कुशेश्वर राईले सुब्बाको उक्त एल्बमको विमोचन गर्नुभयो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, गजलकार देवीपन्थी, मधु पोखरेल, डा. विमला श्रेष्ठ, शोभालामा, रामबाबु दाहाल, मीनकुमार नवोदितले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
उक्त समारोहमा बिराटनगरका कलाकार, साहित्यकार, संगीतका विद्यार्थीहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । एल्बममा शक्तिबल्लभ, सूर्य थुलुङ, एन्डु सिथलिङ, सुमित खड्का, साजन राईको संगीत तथा सूर्य थुलुङ, दीपक लिम्बू, सुमित् खड्का, डि.बी.राई र सुब्बाका स्वर रहेको छ  ।

एल्बम भित्र झ्यालखाना भित्र आफ्ना बाआमाका साथ जीवनबिताइरहेका बालबालिकाका आवाज, ए बहार, गुलाफको थूँगा, गमलाको गीत, विवशता, मोरङ गीत, हङकङ नेपाली महासंघ गीत, दशैंगीत तथा नव वर्ष गीत समावेश गरिएको सुब्बाले जानकारी दिनुभयो  । गीतकार नवराज सुब्बाका यसअघि देशभक्ति गीतको एल्बम “देशको माया”, “हामी पहिले नेपाली”, गजल एल्बम “लुकेको रहर”, आधुनिक गीत एल्बम “अमूल्यजीवन” र लोकगीत एल्बम “हिमालैमा हिउँ” बजारमा आइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्