कसले मार्छ बाजी ? काग्रेस नगर अधिवेशन आज

<span class='c1'>कसले मार्छ बाजी ?</span> <span class='c2'>काग्रेस नगर अधिवेशन आज</span>

विराटगनर माघ १६

आज नेपाली काँग्रेसको नगर अधिवेशन हुदैछ ।  मोरङमा काँग्रेसको जिल्ला सभापतिको नेतृत्वमा पुग्न तिन जनाले उमेदवारी प्रस्तुत गरेका छन् ।  क्रियाशील सदस्यहरूको मतदानबाट क्षेत्रीय प्रतिनिधि हुँदै जिल्लासम्म पुग्ने हुँदा संस्थापन र देउवा दुबै पक्ष नगर र गाउँमा केन्द्रित भएका छन्।

राजनीतिक रुपले महत्वपूर्ण मानिने विराटनगरको नेतृत्वमा युवा आकांक्षी बढेका छन्। नगरको निर्वाचनलाई ध्यानमा राखेर केन्द्रीय नेताहरू यहाँ केन्द्रीत भएका छन्। कोइराला परिवारको सबैभन्दा बढी चासो विराटनगर नगरमा परेको छ। केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइराला विराटनगरमै छन्।जिल्ला सभापतिमा तेस्रो पटक उम्मेदवार बन्न नपाउने भएपछि वर्तमान सभापति तथा सांसद अमृत अर्यालले कसलाई समर्थन र सहयोग गर्छन भन्ने विषयले काँग्रेसजनमा निकै कौतुहलता चुलिएको छ । तर, अर्यालले समर्थन गर्ने विषयमा भने मुख खोलिसकेका छैनन् ।

संस्थापन पक्षका भीम पराजुली पुनः मैदानमा छन्। यसअघि नगर सभापति भइसकेका उनी यसपालि फेरि दोहोर्‍याउने कसरतमा लागेका छन्।

साथै तरुण दलबाट राजनीति गरेका युवा नेता दीपक चापागाईं पनि बलियो बनेर देखिएका छन्। केन्द्रीय सदस्य डा. शेखरको जोडमा उनी नगर नेतृत्व हत्याउन चुनावी मैदानमा छन्।

‘चारै जनामध्येबाट दुई उम्मेदवार पराजुली र चापागाईंको प्रतिस्पर्धा हुने देखिएको छ,’ एक नेताले भने। चापागाईं शेखर र सुजाता दुबैको समर्थन रहेकाले आफूले जित्ने दाबी गरिरहेका छन्।

सचिव पदका लागि तीन जना मैदानमा छन्। लोकेन्द्र तिम्सिना, प्रकाश दाहाल, डिकेन्द्र राउत सचिव पदका लागि दौडिरहेका छन्। यसैगरी, कोषाध्यक्ष पदका लागि राजु गुप्ता र सन्तोष अधिकारी मैदानमा छन्। दुबैले आ–आफ्नो विजय हुने दाबी गरिरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्