एसपीसहित १८ जना प्रहरी कारबाहीमा

<span class='c1'>एसपीसहित १८ जना</span> <span class='c2'>प्रहरी कारबाहीमा</span>

विराटनगर १७ माघ । धनकुटाका विभिन्न ठाउँमा हुने व्यावसायिक गाँजाखेतीमा संलग्नता देखिएपछि प्रहरीका एसपीसहित १८ जना प्रहरी कारबाहीमा परेका छन् । गाँजाखेती संरक्षणमा धनकुटा प्रशासन, राष्ट्रिय अनुसन्धान आयोग र सशस्त्र प्रहरी बलको पनि संलग्नता देखिएको छ ।अञ्चल प्रहरी कार्यालयका एसएसपी पवन खरेलको नेतृत्वमा बनेको छानबिन समितिले धनकुटाका प्रहरी प्रमुख एसपी विभूतिराज पाण्डे सहितलाई कारबाही गरेको हो । पाण्डेसहित १४ प्रहरीलाई नसिहत दिइएको छ । तल्लो तहका प्रहरीले गाँजा खेतीका बारेमा पाण्डेलाई जानकारी गराए पनि फाड्ने आदेश नदिएको बताइएको छ ।
। इलाका प्रहरी कार्यालय छिन्ताङबाट सरुवा भइसकेका प्रहरी निरीक्षक नारायण भट्टराईलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । त्यसअघि प्रहरी चौकी त्रिवेणीका असई नरेश विक, प्रहरी चौकी आँखिसल्लाका असई लोकबहादुर धिमाल र जिल्ला प्रहरी कार्यालय धनकुटाका घुमुवा असई शिव शर्मा निलम्बनमा परेका थिए । निलम्बनमा परेकाहरूको जागिर नै जानसक्ने बताइएको छ । उनीहरूलाई निलम्बन गरेर कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । ठुलो कारबाही गर्न निलम्बन गरिएको बताउँदै एसएसपी खरेलले उनीहरुले जागिरबाटै हट्नुपर्ने हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्