आफ्नै श्रीमतीको हत्या

<span class='c1'>आफ्नै श्रीमतीको</span> <span class='c2'>हत्या</span>

चितवन १७ माघ । भरतपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति करिब ११ बजेतिरको समयमा भरतपुर–७ उज्जल टोलमा उक्त घटना भएको हो । स्थानीय ३८ वर्षका त्रिभुवन काफ्लेले श्रीमती जमुना काफ्लेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको चितवनका प्रहरी उपरीक्षक बसन्त कँुवरले जानकारी दिनुभयो । गए राति ११ बजे भएको उक्त घटनापछि गम्भीर घाइते भएकी जमुनाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा आज बिहान ज्यान गएको हो । घरायसी झगडाका क्रममा श्रीमानले उनलाई दाउराले प्रहार गरी हत्या गरेको पाइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो । उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । कर्तव्य ज्यान मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्