आगोले मोरङ्मा एक प्रहरी हवल्दारको मृत्यु

आगोले  मोरङ्मा एक प्रहरी हवल्दारको मृत्यु

माघ १८ विराटनगर ।
मोरङको सिजुवामा आगोले डढेर आज विहान एक प्रहरी हवल्दारको मृत्यु भएको छ । सिजुवा १ घर भइ इलामको जौबारी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार ३५ वर्षीय रामचन्द्र ताजपुरियाको डढेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले जानकारीदिनुभयो ।
हवल्दार ताजपुरिया जौबारी प्रहरी चौकीबाट १० दिनका लागि बिदामा सिजुवा स्थित घरमा आएका थिए । ताजपुरिया आफैले खाएर फ्यालेको चुरोटको ठुटाबाट हिजो राती १२ बजे उनी सुतेकै ओछ्यानमा आगो सल्किएको प्रहरीले जनाएको । आगोले ओछ्यानको सिरक, डसना लगायतका कपडा र हवल्दार ताजपुरियाको शरीरका विभिन्न भागमा डढेको डीएसपी खरेलले बताउनुभयो ।
डढेर घाइते भएको अवस्थामा उद्धार गरेर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएका ताजपुरियाको आज विहान ५बजे तिर मृत्यु भएको जानकारी डीएसपी खरेलले दिनुभयो । यसैविच उता
दक्षिणी झापाको घेराबारीमा आज बिहान एक व्यक्तिको जलेर मृत्यु भएको छ । घेराबारी– ६ मिलडाँडा निवासी ५० वर्षीय चन्द्रबहादुर रुम्बाको छिमेकी फूलमाया मेचेको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । मादक पदार्थ सेवन गरेका रुम्बाको अगेनामा बालेको आगो ताप्ने क्रममा घोप्टिएर लडेपछि जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय राजगढका प्रमुख भरत केसीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्