बिराटनगर माघ २०
सामुदायिक जनसेवा मन्च हाटखोला र नवज्योति रियाब सेन्टर बिराटनगरबाट मोरंगका १५ वटा बिध्यालयमा लागूऔषध बारे सचेतना कार्यक्रम संचालन गरिएको छ । धेरै युवा लागूऔषधको प्रयोगमा बिद्यालय स्तरबाट लाग्ने गरेकोले बिध्यलायामा सचेतना कार्यक्रम आयोजना गरिएको अभियन्ता शुशील रिजालले जानकारी दिनुभयो । सचेतना कार्यक्रममा लागूऔषध सेवनले आफ्नो घर परिवार , समाज र स्वयंम आफ्नो जीवनमा धेरै नकारात्मक असर पर्ने हुनाले यसबाट टाढा बस्न बिद्यार्थीहरुलाई सिकाइएको थियो । उक्त कार्यक्रम खेलकुद बिकास समिति नमुना सूचना केन्द्रको सहयोग मा सम्पन्न भएको थियो ।