विराटनगरबाट पक्राउ पेट्रोल तथा ग्यासको सिलीण्डर लिलाम बिक्री गर्न समस्या

<span class='c1'>विराटनगरबाट पक्राउ पेट्रोल तथा ग्यासको</span> <span class='c2'>सिलीण्डर लिलाम बिक्री गर्न समस्या</span>

विराटनगर माघ २१

विराटनगरमा छापा मारेर पक्राउ गरेको पेट्रोल तथा ग्यासको सिलीण्डर लिलाम बिक्री गर्न समस्या देखिएको  छ ।  कानुनी अड्चनका कारण लिलामी गर्न कठिनाई हुँदा व्यवस्थापनमा समस्या भएको मोरङ प्रहरीले जनाएको छ । गएको पौष २० गते प्रहरीले करिब १२ हजार लिटर डिजल, १५ सय लिटर पेट्रोल र १ सय ७३ वटा सिलिण्डर एलपी ग्याँस बरामद गरेको थियो । करिब एक महिना अगाडि तस्करी नियन्त्रण गर्ने क्रममा विराटनगरको सीमावर्ती मटियर्वा र विराटनगर बसपार्कबाट प्रहरीले तस्करी गरि ल्याइएको भन्दै डिजेल, पेट्रोल र एलपी ग्याँसका सिलिण्डर नियन्त्रणमा लिएको थियो ।

तर अहिलेसम्म कुन कानुन अनुसार लिलाम गर्ने भन्ने अन्यौलताका कारण पेट्रोल र डिजल जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ भने एलपी ग्याँसका सिलिण्डरहरु गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरको प्राङ्गणमा राखिएको छ । अत्यन्त प्रज्वलनशिल पेट्रोलियम पदार्थ सुरक्षाका हिसाबले संवेदनशिल मानिन्छ । उक्त पदार्थ कानुनी अड्चनका कारण सम्बन्धित कार्यालयलाई बुझाउन नससिकएको र प्रहरी कार्यालय भित्रै राख्न बाध्य हुनुपरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रमोद खरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्