आमहड्ताल र नाकाबन्दी फिर्ता लिने मोर्चाको तयारी

आमहड्ताल र नाकाबन्दी फिर्ता लिने मोर्चाको तयारी

माघ २१- सरकार र प्रतिपक्षी नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सोमबार भएको छलफलपछि ब्युँताइएको कार्यदलस्तरमा सीमांकनका विषयमा केही लिखित सहमति हुने र त्यसपछि मोर्चाभित्र पनि समयावधी तोकेर आमहड्ताल र नाकाबन्दी फिर्ता लिने तयारी सुरु भएको छ ।

मोर्चाका शीर्ष नेतृत्वतहमा पनि नाकाबन्दी खोल्ने विषयमै अझै एकमत भइनसकेपनि आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा भने सबै नेताहरू एकमत भएका छन् । नाकाबन्दी समयावधी तोकेर फिर्ता लिएपनि आन्दोलनलाई भने कुनै न कुनै रुपमा जारी नै राख्ने तयारी गरिएको छ ।

‘केही समय विराम लिएर समयावधी तोकी आमहड्ताल र नाकाबन्दी फिर्ता लिने समबन्धमा मोर्चाको शीर्ष तहमा छलफल भईरहेको छ,’ मोर्चाका एक नेताले भने, ‘तोकिएको समयावधी भित्र पनि हाम्रो माग सुनुवाई नभए उक्त अवधीमा शक्ति संचय गरि फेरी नाका केन्द्रित आन्दोलनलाई उचाल्नेछौं ।’ ती नेताका अनुसार लामो समयदेखी रोकिएको सरकार र मोर्चाबीचको छलफल सोमबार अचानक हुनु प्राविधिक रुपमा त्यसकै तयारी स्वरुप भएको हो । माघ २२–२३ गतेभित्र कार्यदलस्तरमा सहमति जुटाउने प्रयत्न सफल भए एक हप्ता भित्रै राजधानीमा हुने मोर्चाको बैठकले आन्दोलनको स्वरुप कारे निर्णय लिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्