नक्कली प्रमाणपत्र लिएका १२ जना ‘डाक्टर’ पक्राउ , विराटनगरका पनि परे

नक्कली प्रमाणपत्र लिएका १२ जना ‘डाक्टर’ पक्राउ , विराटनगरका पनि परे

बिराटनगर माघ २४

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न तहमा नक्कली प्रमाणपत्र बनाएका १२ जना ‘डाक्टर’लाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुमध्ये एकजनाले नेपालबाट एसएलसी र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र लिएका, भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाण पेश गरेका १० जना र भारतबाट प्रवेशिका र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेश गरेका १ जना छन् ।

पक्राउ परेका ‘डाक्टर’ हरुमा झापास्थित बीएनसी अस्पतालका रामबाबु गिरी, पशुपति मोडेल अस्पताल इटहरी प्रमुख पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगरका मो कमरुल हक, कोशी अञ्चल अस्पतालका तुलसीकुमार महतो, ग्लोबल अस्पताल मिर्चैया सिरहाका मो अहमद सिद्धकी, जनकपुर अञ्चल अस्पतालका सन्तोषकुमार यादव, चानसी मेडिकल हल, जनकपुरका कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्स भरतपुरका बिनित यादव, अजित मेडिकल हल, जनकपुरका भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरका शेलेन्द्रकुमार महतो, स्वास्थ्य सेवा क्लिनिक तौलिहवाका अफजल हुसैन र ग्लोवल अस्पताल ग्वार्को, ललितपुरका श्यामबाबु साह छन् ।

उनीहरुमध्ये एक जनाले रसियाबाट एमबीबीएस, ५ जनाले चीनबाट एमबीबीएस, एक जनाले भारतबाट बीडिएस, एकजनाले बांग्लादेशबाट बीडीएस, एक जनाले पाकिस्तानबाट एमबीबीएस र एकजनाले बीडीएस, उनीहरुमध्ये एकजनाले फिलिपिन्सबाट एमडी समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्