बिराटनगर माघ २४
रगत समन्धी काम गर्दै आएको सस्था युथ फर ब्लडले बिराटनगर स्थित कोबास कलेजमा बिद्यार्थी हरुलाई रगत र रक्तदान समन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । युथ फर ब्लड मोरंगका अदक्ष्य विजय मण्डल सहितको टोलीले युवा बिद्यार्थीहरुलाई रक्तदानको महत्वबारे बुझाएका थिए । साथै भोलि (२५ गते) बिहान ११ बजेबाट उक्त कलेजमा रक्तदान कार्यक्रम समेत आयोजना गरिने कार्यक्रम संयोजक अंकित दासले जानकारी दिनुभयो । युथ फर ब्लडले मोरंगका कलेजमा सचेतना कार्यक्रम गर्दै आएको छ ।