सरस्वती पूजालाई मूर्ति बिक्री हुने/नहुनेमा विराटनगरका मूर्तिकारहरु अन्योलमा

<span class='c1'>सरस्वती पूजालाई मूर्ति बिक्री</span> <span class='c2'>हुने/नहुनेमा विराटनगरका मूर्तिकारहरु अन्योलमा</span>

बिनु तिम्सिना

विद्याकी देवी सरस्वतीको पूजा आउन केही दिनमात्र बाकी छ । अघिल्ला वर्षहरुमा भ्याइनभ्याइ गरेर सरस्वती पूजालाई लक्षित गर्दै मूर्ति बनाउने विराटनगरका मूर्तिकारहरु अहिले भने मूर्ति बिक्री हुने हो कि होइन भन्ने अन्योलमा छन् । मधेसी मोर्चाको बन्दका कारण यसअघि विश्वकर्मा पूजामा पनि बनेका मूर्ति बिक्री नहँुदा घाटा ब्यहोरेका यहाँका मूर्तिकारहरु सरस्वती पूजामा पनि मूर्ति बिक्री हुने हो कि होइन भन्ने चिन्तामा छन् ।
हिन्दू नेपालीहरुले मनाउने सरस्वती, विश्वकर्मा र दुर्गा पूजालाई लक्षित गर्दै विराटनगरका मूर्तिकारहरुले बर्सेनि हजारौं मूर्तिहरु निर्माण गरी बिक्री वितरण गर्दै आएका छन् । विराटनगरका मूर्तिकारहरुलाई यस वर्षको पर्व भने अलिक खल्लो भयो । व्यावसायिक रुपमा मूर्ति निर्माण र बिक्री गर्दै आएका यहाँका मूर्तिकारहरुले मधेसी मोर्चाको बन्दका कारण सोचेको जस्तो व्यापार गर्न पाएनन् । दुर्गा पूजा र विश्वकर्मा पूजामा मूर्ति बिक्री नभएका कारण सरस्वती पूजामा पनि बिक्री हुने हो कि होइन भनेर आफूले कमै मूर्ति बनाएको मूर्तिकार सञ्जित महतो बताउनुहुन्छ ।
हरेक वर्ष सरस्वती पूजामा दुई सयभन्दा बढी नै मूर्ति बिक्री गर्दै आएको भएपनि यस वर्ष भने एक सय ५० वटा मूर्ति मात्रै निर्माण गरेको उहाँले बताउनुभयो । मूर्ति बेचेर नै परिवार पाल्दै आएका विराटनगरका अर्का मूर्तिकार दिनेश महतोले अहिलेसम्म दुई सयदेखि १२ हजारसम्मको मूर्ति बिक्री गर्दै आउनुभएको छ ।
बन्द हड्ताल नहुने हो भने मूर्ति बेचेर नै राम्रो आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । विराटनगर र आसपासका क्षेत्रका मूर्तिकारहरुले मूर्ति बेचेर वार्षिक ४ देखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । यसवर्ष भने मोर्चाको बन्दका कारण उनीहरुले घाटा व्यहोर्नुप¥यो । मधेसी मोर्चाको लामो बन्दहड्ताल र भारतको अघोषित नाकाबन्दीले ठूला उद्योगी व्यवसायीहरुलाई मात्रै होइन सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाई पनि पिरोलेको छ । अब बन्दहड्ताल सधैंका लागि बन्द हुनुपर्छ र नेपाली जनताले दुःख पाउने अवस्थाको अन्त्य हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्