एभरेष्ट उच्च माविमा स्पोर्टस मिट सम्पन्न

<span class='c1'>एभरेष्ट उच्च माविमा</span> <span class='c2'>स्पोर्टस मिट सम्पन्न</span>

विराटनगर माघ २५

विराटनगरस्थित एभरेष्ट उच्च माविमा तहगत रुपमा विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । गत माघ ८ गतेबाट स्पोर्टस मिट शुभारम्भ भएको थियो । जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले उद्घाटन गर्नु भएको खेलमा पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा १ सम्म बेलुन दौड, चकलेट दौड भएको थियो । औपचारिक कार्यक्रम र पुरस्कार वितरण समारोह गर्दै आइतबार स्पोर्टस मिट सम्पन्न भएको हो । यसैगरी कक्षा २ देखि कक्षा ५ सम्म एक सय मिटर दौड, दुई सय मिटर दौड र हिसाब दौड प्रतियोगिताहरु भएका थिए । यस्तै कक्षा ६ र ७ बीच पनि एकसय मीटर दौड, दुई सय मिटर दौड, लङजम्प र हिसाब दौड प्रतियोगिताहरु भए । विद्यालयका अनुसार कक्षा ८ र ९ बीच हाउसवाइज प्रतियोगिता गराइएको थियो । अन्नपूर्ण हाउस ६ स्वर्ण, ३ रजत र ७ कास्य गरी १६ पदक जित्दै प्रथम भएको छ । कञ्चन्जङ्गा हाउसले ५ स्वर्ण, ६ रजत र ४ कास्यसहित १५ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । यस्तै सगरमाथा हाउसले ४ स्वर्ण, ६ रजत र १ कास्य गरी ११ पदक जित्दै तेस्रो भएको छ । उत्कृष्ट खेलाडीहरुमा छात्रतर्फ नेहालबिक्र शाह उत्कृष्ट भए भने छात्रातर्फ रिज्वी श्रेष्ठ उत्कृष्ट भइन् । भलिवलतर्फ भने नितिश न्यौपाने र प्रिती गौतम उत्कृष्ट खेलाडी भए । समापन कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम पुरीज्यूले विजेता हाउसलाई ट्रफी र मेडल वितरण गर्नुभयो । विद्यालयका सहायक प्रधानाध्यापक शेखर पोखरेल, अष्ट्रियाबाट आएकी स्वयंसेवक शिक्षक एगनेश हेनफेलनर, लेवल इन्चार्जहरु भोजकुमार श्रेष्ठ, बिमल खड्का लगायत शिक्षक, शिक्षिकाहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्