विराटनगरमा ईन्द्रेणी कला प्रतिष्ठान नेपालको स्थापना

<span class='c1'>विराटनगरमा ईन्द्रेणी कला</span> <span class='c2'>प्रतिष्ठान नेपालको स्थापना</span>

प्रेम देवान विराटनगर २४ माघ । मोफसलमा छरिएर रहेका कलाकारहरुलाई संङ्गठित र कलाकारहरुको विकास गर्ने उद्देश्यले ईन्द्रेणी कला प्रतिष्ठान नेपालको स्थापना भएको छ । विराटनगरमा  भएको भेलाले रेडियो नेपालका बरिष्ठ गायक रामा मण्डलको अध्यक्षतामा कार्यसमिती चयन गरिएको छ । ईन्दे्रणी कला प्रतिष्ठान नेपालको उपाध्यक्षमा डा.विनोद श्रेष्ठ,मञ्जीला शर्मा,महा सचिवमा प्रवलदिप विस्वास, सचिवमा विरेन्द्र कुमार शाह,त्यस्तै डा. सौगात चापागाई, कोषध्यक्षमा शारदा, आर्यन, सह कोषध्यक्षमा सुनिरा चौधरी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा बल बहादुर राजवशी, दिप नारायण राजवशी, सन्तोष बास्तोला, अनिलनाथ उप्रेति र राजकुमार यादव रहेका छन् । त्यसैगरी संस्थापक तथा बरिष्ठ सल्लाहकारमा उद्योगपति तथा समाजसेवी देवकिशन मुन्दुडा रहनुभएको प्रतिष्ठानका सचिव विरेन्द्र शाहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्