विनायक बोर्डिङ स्कुलको बाल क्लब गठन

विनायक बोर्डिङ स्कुलको बाल क्लब गठन

बिराटनगर–१६मा स्थित विनायक बोर्डिङ सेकन्डरी स्कुलले रोमन बस्नेतको अध्यक्षतामा १५ सदस्यीय विनायक बाल क्लब आज गठन गरेका छ । बाल क्लबको, उपाध्यक्षमा मो. आसिफ राजा, सचिवमा अपुर्व झा, कोषाध्यक्षमा रीया झा, सह–सचिवमा आफरीन इसरात निर्वाचित भएका छन् । त्यैसैगरी अन्य सदस्यहरुमा विज्ञता दंगाल, मेहुलराज साह, अनु देवकोटा, पंकज गुप्ता, विजय कार्की, वर्षा झा, पुजा यादव, रीचा सिंह, इन्द्र तामाङ र अनुसा नेम्वाङ निर्वाचित भएका छन् । स्कुलका संस्थापक मिथिलेश ठाकुर, प्रिन्सिपल कमलेश ठाकुर र, बाल क्लब सम्पर्क शिक्षकहरु तिलकराम राजवंशी, बिन्दु कार्की तथा अन्य शिक्षकहरुको उपस्थितिमा निर्वाचन प्रक्रियाबाट बाल क्लब गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्