विराट मेडिकल कलेजले स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा

विराट मेडिकल कलेजले स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा

विराटनगर २४ माघ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले बिरामीहरुको स्वास्थ्य उपचार र शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेको छ । कलेजको दोस्रो बार्षिक उत्सवका अवसरमा बिराट मेडिकल कलेजका संचालक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले दुई महिना कुनै पनि उपचार र अप्रेशनको शुल्क नलिने घोषणा गर्नुभएको छ् । बार्षिक उत्सवका अवसरमा दुई महिना सबै सेवा सुबिधा निशुल्क गरेको उहाले बताउनु भयो । विराट मेडिकल कलेज टिचिङ् हस्पिटलमा उपचार गर्न जाँदा औषधि र जाँचको सामान्य शुल्क मात्रै तिर्नुपर्नेछ ।डा. कार्कीले देशको पछिल्लो राजनीतिक, आर्थिक, सामाजिक र स्वास्थ्यको क्षेत्रलाई ध्यानमा राख्दै निःशुल्क सेवा प्रदान गरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्