नेपाली कांग्रेस मोरङको सभापति पदमा ३ जनाको उम्मेद्वारी

नेपाली कांग्रेस मोरङको सभापति पदमा ३ जनाको उम्मेद्वारी

बिराटनगर माघ २५

नेपाली कांग्रेस मोरङको सभापति पदमा ३ जनाले उम्मेद्वारी दिएका छन् ।

सभापति पदमा देउवा पक्षबाट सांसद डिक बहादुर लिम्बु र कोइराला पक्षबाट केदार कार्की मैदानमा हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसका पुराना नेता कोइराला पक्षका गोपालमानसिंह राजभण्डारीले पनि सभापतमिा उम्मेदवारी दिनु भएको छ । यसअघि सभापतिमा उम्मेदावारी दिएका कोइराला पक्षकै मदन संग्रौलाले भने अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिनु भएको छ । यस्तै सचिवमा नागेश कोइराला, मानबहादुर लिम्बु, रोहितबहादुर कार्की र राजु मास्केले उम्मेद्वारी दर्ता गराउनु भएको छ । कोषाध्यक्षमा विजेता अधिकारी, काशीनाथ चौधरी, गोपालबहादु थापा, विशालकुमार गौतम र यज्ञबहादुर कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन समितिले जनाएको छ । १ हजार १ सय ७२ जनाले सभापति, सचिव र कोषाध्यक्षमा मतदान गर्न पाउने नेपाली कांग्रेस मोरङले जनाएको छ । यसअघि भएको कांग्रसको वडा, नगर र क्षेत्रको निर्वाचनमा मोरङमा देउवा पक्ष र संस्थापन पक्षको परिणाम बराबर जस्तो आएकाले जिल्ला नेतृत्वमा कडा प्रतिस्पर्धा हुने देखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्