नमस्कारको श्रवण शक्ति कम्जोर भएका युवाहरुलाई आत्मनिर्भर बनाउन होटल तालिम सम्पन्न

नमस्कारको श्रवण शक्ति कम्जोर भएका  युवाहरुलाई आत्मनिर्भर बनाउन होटल तालिम सम्पन्न

बिनु तिम्सिना

बिराटनगर माघ २५ ,

 

बहिराहरुलाई दिएको एक महिने होटल तालिम आज विराटनगरमा सम्पन्न भएको छ । namskar
बहिराहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नमस्कार टुरीजम होटल टे«निङ्ग सेन्टर विराटनगरले पुस पहिलो साता देखि तालिमको आयोजना गरेको थियो । तालिममा ७ जना बहिरा महिला र चार जना पुरुष गरी ११ जना बहिराको सहभागीता रहेका थियो । एक महिने तालिम पछि कोशी बहिरा संघले नमुनाको रुपमा विराटनगरमा होटल रेष्टुरा खोल्ने कोशी बहिरा संघक अध्यक्ष मोहन तिवारीले जानकारी गराउनुभयो । प्लान नेपाल, विराटनगर उपमहानगरपालिका र जिल्ला विकास समितिको कार्यलय मोरङको सहयोगमा सम्पन्न तालिमको प्रशिक्षण्न सागर ढंगोलले गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै टे«निङ्ग सेन्टरकी अध्यक्ष रिमा श्रेष्ठले बहिराहरुको लागि यस्तो प्रकारको शिप मुलक तालिम अपरिहार्य रहेको बताउनुभयो । उहाँले आगमी दिनमा समेत यस्तो प्रकारको तालिम आयोजना गर्ने जानकारी गराउनुभयो । कार्यक्रममा जिविस मोरङका सूचना अधिकृता महेन्द्र खड्का, होटल एशोसिएशन अफ नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ, उद्ययोग संगठन मोरङका अध्यक्ष शिव शंकर अग्रवाललगायतले सिकेको शिव व्यवहारमा उर्तान जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्