बिराटनगरमा साइबार अपराध सम्बन्धी अभिमुखीकरण

बिराटनगरमा  साइबार अपराध सम्बन्धी अभिमुखीकरण

प्रेम देवान

विराटनगर २५ माघ ।

पछिल्लो समयमा साईबर अपराध बढ्दै गएका कारण युवाहरुलाई सचेत गराउने उद्देश्यका साथ आज विराटनगरमा एक दिने साईबर अपराध अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । सयुक्त युवा सञ्जालको आयोजना र सर्च फर कमन ग्राउण्डको सहयोग तथा युवा अभियानको सहकार्य भएको कार्यक्रममा युवाहरुलाई साईबर अपराध सम्बन्धी सचेतना गराईएको थियो । जिल्ला प्रहरी कार्यलय मोरङ्गका प्रहरी निरीक्षक गणेस सापकोटाले युवाहरुलाई पछील्लो समय बढ्दै गएको साईबर अपाराधको बारेमा सहजीकरण गराउनुभएको थियो ।yi

उहांले साईबारको प्रयोग, यसबाट हुने जोखिम तथा फाईदाका बारेमा जानकारी गराउनुभएको थियो । युवा अभियानको युवा सचेतना कार्यक्रम अन्र्तगत तेस्रो साईबर अपराध सम्वन्धी कार्यक्रम संचालन गरीएको युवा अभियान विराटनगरका संयोजक हेमन्त परासरले जानकारी दिनुभयो । यस अघि युवा अभियानले लागुऔषधको प्रयोग र महिला हिसां सम्बन्धी सचेतना गरिसकेकको संयोजक परासरले बताउनुभयो । साईबर अभिमुखी कार्यक्रममा विराटनगरका कलेज स्तरमा करीब चालीस युवा वर्गको सहभागिता रहेको सयुक्त युवा संञ्जालको अध्यक्ष रञ्जन कुमार शाही ( राष्ट्रपे्रमी ) ले जानकारी दिनुभयो ।,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्