बिराटनगर माघ २८ ,
बिध्यार्थी माझ प्रतिभा खोज्ने उदेश्यले बिराटनगर-१४ स्थित एम्स कलेजमा मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिता चलिरहेको छ । उक्त प्रतियोगितामा कलेजका नयाँ भर्ना भएका बिध्यार्थी सहभागी भएका छन । प्रतियोगितामा विभिन्न चरण पास गर्दै उत्कृष्ट १० मा पर्न सफल प्रतियोगी बिच माघ २९ गते बिराटनगर स्थित आरोहण गुरुकुलमा फाइनल हुने कलेजका प्रमुख सि. एम बस्नेतले बताए । बिध्यार्थीहरुलाई आफुमा रहेको प्रतिभा प्रस्तुत गर्न यस प्रतियोगिताको आयोजना गरिएको बस्नेतले बताए ।