सिमसागको खेतीबाट महिलाहरुले गरे मनग्गे आम्दानी

सिमसागको खेतीबाट महिलाहरुले गरे मनग्गे आम्दानी

बिनु तिम्सिना

खोलाको बगरमा सिमसागको खेती गरेर पथरी शनिश्चरेस्थित जिरिखिम्तिीका महिलाहरुले मनग्गे आम्दानी गरिरहेका छन् । अन्य तरकारी बालिमा जस्तो धेरै मेहेनत गर्नु नपर्ने र उत्पादनपनि बढि हुने भएकाले यहाका महिलाहरु सिमसागको खेति तर्फ आकर्षित समेत भएका छन् ।
मोरङको पथरी शनिश्चिरेका महिलाहरुको मुख्य आम्दानिको श्रोत सिमसाग बनेको छ । मोरङ्गी खोलामा ६० भन्दा बढि घरपरिवारका महिलाहरुले सिमसाग खेति गर्दै आएका छन् । अन्य तरकारी बालिमा जस्तो धेरै मेहनत र लगानि समेत गर्नु नपर्ने र एक पटक रोपेपछि तिन पटक सम्म उत्पादन हुने भएकाले निकै फाइदा हुने जिरिखिम्तीकी पवित्रा कार्की बताउनुहुन्छ ।
सिमेसाग खेतिबाट घर खर्चका लागि आफ्ना श्रीमानसंग पैसा मागिरहनु पर्ने झन्जटको समेत अन्त्य भएको उहा बताउनुहुन्छ । एक पटक काटेको सिमेसाग बिक्रि गर्दा २० देखि ३० हजार सम्म आम्दानि हुने गरेको छ । पथरी शनिश्चरेको जिरिखिम्तीमा पर्ने मोरंगी खोमा उनीहरूले हरेक वर्ष नगदेबालीका रुपमा सिमसागको खेती गर्दै आइरहेका छन् । सिमसाग खरिद गर्न काँकारभिट्टा, दमक, विराटनगर, लगायतका क्षेत्रका व्यापारी घरघरमै आउने गरेकाले उनीहरू सिमेसागको खेतीप्रति झनै आकर्षित हुँदै गइरहेका छन् ।
बर्खाको बेला खोलामा बाढि आउने गरेकाले तिन महिना सम्म साग नहुने भएपनि त्यस पछिका सिजनहरुमा भने यहाका ६० घरपरिवारको आम्दानीको श्रोत भनेको सिमसाग खेती नै हो । सिमसार क्षेत्रमा उनीहरूले हरेक वर्ष नगदेबालीका रुपमा सिमसागको खेती गर्दै आइरहेका छन् । जरुवा खोलाको पानीमै उम्रने भएकाले सिमसागको खेतीलाई कुनै रासायनिक मल लगाउनु पर्दैन । धेरै दुख पनि गर्न नपर्ने भएकाले यस क्षेत्रका किसानहरु सिमसाग खेती तर्फ आकर्षित छन् । कुनै पनि रासायनिक मलको मिसावट बिना नै खोलामा स्वच्छ बग्ने पानीमा उमारिएको अग्र्यानिक सिमसागको व्यापारलाई बढाउन व्यापारिक केन्द्रहरुको ध्यान पुग्न सके यस खेतीले अन्य बालीजस्तै महत्व पाउने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्