विराटनगर । नेपाल विद्युत् प्राधिकरणका महानिर्देशबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा अखिल क्रान्तिकारीले विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रर्दशन गरेको छ ।
विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगरको ट्राफिक चोकमा पुत्ला दहन गर्दै आज(मंगलबार) साझमा विरोध प्रर्दशन गरेका हुन् ।
पुत्ला दहनपछि उनीहरुले सरकारले गरेको निर्णायको विरोध जनायो । ट्राफिक चोकमा प्ले कार्डसहित विद्यार्थीहरुले कुलमान घिसिङलाई पुनः बहाली गर, बर्तमान सरकार राजिना दे लगायतको प्लेकाट बोकेर नाराबाजी गरे । घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । कुलामान प्रकरणलाई लिएर आज ठाउँ ठाउँमा विरोध भएका छन् । मन्त्रीपरिषद् बैठकले सोमबार कुलमानलाई हटाउने निर्णय गरेको थियो ।