नेपालका होचा व्यक्ति खगेन्द्र थापा मगर अस्पताल भर्ना

नेपालका होचा व्यक्ति खगेन्द्र थापा मगर अस्पताल भर्ना

बिराटनगर माघ २८

नेपालका होचा व्यक्ति खगेन्द्र थापा मगर अस्पताल भर्ना भएका छन् । गिनिज बुक अफ दी वल्र्डमा ८ महिना आफ्नो नाम लेखाउन सफल भएका खगेन्द्रको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

उनलाई पोखरा नागाढुंगास्थित फेवासिटि हस्पिटलमा भर्ना गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठान नेपालका अध्यक्ष मिनबहादुुर रानाले बताए । खगेन्द्रको उपचारमा संलग्न डाक्टर होमप्रसाद न्यौपानेले खगेन्द्रलाई हाल निमोनिया र झाडापखला लागेको बताए । उनले भने, ‘खगेन्द्रको स्वास्थ्य अवस्था केहि समस्या भएकोले ३र४ दिन हस्पिटलमै भर्ना गर्नुपर्छ ।’ खगेन्द्रको शरीरमा पानीको मात्रा समेत कम भएको कारणले गर्दा वान्ता र पखला चलेको हुन सक्ने उनले बताए । खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्