बिराटनगर माघ ३०, बिध्यार्थी माझ प्रतिभा खोज्ने उदेश्यले बिराटनगर-१४ स्थित एम्स कलेजको आयोजनामन मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार आरोहण गुरुकुल बिराटनगरमा भएको फाईनलमा रोजिना श्रेष्ठ र प्रतीक श्रेष्ठ मिस्टर एण्ड मिस फ्रेसर घोषित भएका छन । प्रतियोगितामा विभिन्न चरण पास गर्दै उत्कृष्ट १० मा पर्न सफल प्रतियोगी बिच शुक्रबार फाईनल भएको थियो ।