बिराटनगरका सडकमा सडक बत्ती नहुदा समस्या

बिराटनगरका सडकमा सडक बत्ती नहुदा समस्या

बिराटनगर फाल्गुन २ ,

हुन त बिराटनगर लाई नेपाल कै दोस्रो ठुलो सहर भनिन्छ । यहाँबाट धेरै जना मन्त्री र प्रधानमन्त्री पनि भए । पुरानो सहर र उपमहानगरपालिका हो बिराटनगर तर पनि बिराटनगरलाई नियालेर हेर्ने हो भने यहाँ साना-साना अत्यावस्यक संरचनाको पनि विकास भएको देख्न मुस्किल छ । बिराटनगरका सडकको हाल त सबैलाई थाहा छ , त्यहि माथि बिराटनगरको मेन रोडमा समेत राति सडक बत्तीको बेवास्था नहुदा एक त बिराटनगरको सुन्दरता बिग्रेको छ अर्को तर्फ दुर्घटना पनि हुने सम्भावना बढेर गएको छ । राति मेन रोडमा समेत सडक बत्ती नबल्दा सडकमा रहेको डिभाइडर मा सवारी साधन ठोकिएर ठुलो दुर्घटना को सम्भावना बढेको छ । बिराटनगर उपमहानगरपालिकाले सडक बत्ति हाले पनि धेरै काम नलाग्ने र लोडसेडिङको बेला न बल्ने हुदा समस्या उत्पन्न भएको छ । आवर बिराटनगर डट नेटमा एक हाम्रा पाठक राहुल क्षेत्रीले यस्तै समस्या लेखेर पठाउनु भएको थियो , वहाको सवारी साधन बिहानै सडक बत्ति नहुदा डिभाइडरमा ठोकिएको तस्बिर समेत हामीलाई पठाउनु भएको थियो  । यस्ता घटना दैनिक जसो घट्ने गरेपनि कुनै निकायले यस तर्फ ध्यान नदिएको पाइएको छ  । यता तर्फ पनि सडक बिभाग र बिराटनगर उपमहानगरपालिकाको ध्यान जाने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्