बिराटनगर फागुन ३
नेकपा एमाले मोरङले यहि फागुन २२ गते बिराटनगरमा हुने पूर्वाञ्चलस्तरीय जनभेला आयोजना गर्न जिम्मेवारी सहित विभिन्न उपसमिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय पाञ्चालीमा बसेका बैठकले उपाध्यक्ष चन्द्रवीर राईको संयोजकत्वमा अतिथि सत्कार , सचिव ऋषिकेश पोखरेलको संयोजकत्वमा जनपरिचालन , सचिवालय सदस्य बाबुराम कार्कीको संयोजकत्वमा मञ्च , यातायात र स्वयंसेवक परिचालन उप समिति गठन गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा अोली र बरिष्ठ नेता झलनाथ खनाल , माधव नेपाल , महासचिव ईश्वर पोखरेल लगायत केन्द्रीय स्तरका नेता आउने बताईएको छ । त्यसैगरि प्रचारप्रसार बिभागमा सत्यनारायण चौधरीको संयोजकत्वमा उपसमिति , रमेश पोखरेलको संयोजकत्वमा आर्थिक उपसमिति र बिमला घिमिरेको संयोजकत्वमा कार्यालय व्यवस्थापन उपसमिति गठन गरिएको छ।