पूर्वाञ्चलस्तरीय जनसभा आयोजनाका लागि एमाले मोरङको बैठक सम्पन्न

<span class='c1'>पूर्वाञ्चलस्तरीय जनसभा आयोजनाका लागि</span> <span class='c2'>एमाले मोरङको बैठक सम्पन्न</span>

बिराटनगर फागुन ३

नेकपा एमाले मोरङले यहि फागुन २२ गते बिराटनगरमा हुने पूर्वाञ्चलस्तरीय जनभेला आयोजना गर्न जिम्मेवारी सहित विभिन्न उपसमिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय पाञ्चालीमा बसेका बैठकले उपाध्यक्ष चन्द्रवीर राईको संयोजकत्वमा अतिथि सत्कार , सचिव ऋषिकेश पोखरेलको संयोजकत्वमा जनपरिचालन , सचिवालय सदस्य बाबुराम कार्कीको संयोजकत्वमा मञ्च , यातायात र स्वयंसेवक परिचालन उप समिति गठन गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा अोली र बरिष्ठ नेता झलनाथ खनाल , माधव नेपाल  , महासचिव ईश्वर पोखरेल लगायत केन्द्रीय स्तरका नेता आउने बताईएको छ । त्यसैगरि प्रचारप्रसार बिभागमा सत्यनारायण चौधरीको संयोजकत्वमा उपसमिति , रमेश पोखरेलको संयोजकत्वमा आर्थिक उपसमिति र बिमला घिमिरेको संयोजकत्वमा कार्यालय व्यवस्थापन उपसमिति गठन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्