बिराटनगरका आयुष युट्युब प्रयोगकर्ता युवामाझ चम्कदै

<span class='c1'>बिराटनगरका आयुष युट्युब</span> <span class='c2'>प्रयोगकर्ता युवामाझ चम्कदै</span>

बिराटनगर फाल्गुन ३

दुई वर्षदेखि अविभावकसँग अमेरिकाको टेक्सासमा बस्दै आएका बिराटनगरका “नेपाली युटुबर” भनेर चिनिने आयुष रिमाल (१८) युट्युब प्रयोगकर्ता युवामाझ निकै लोकप्रिय छन् ।

समाजका विविध विसङ्गतिलाई व्यङ्गात्मक भिडियोमा उतारी युटुबमार्फत् युवालाई मनोरन्जन र सन्देश प्रवाह गर्दै आएका छन्, आयुष। उनी नेपाली समाजको, अझ, विशेष रुपमा किशोरकिशोरीको साझा एवम् तीतो यथार्थ समेटिएको 'प्राङ्क' भिडियो बनाउँछन्।

हालसम्ममा उनको युटुब च्यानल २७ हजारभन्दा बढिले सब्सक्राइब गरेका छन् भने कुल ३० लाख पटक भिडियो हेरिएको छ। फेसबुकमा ४० हजार फलोअर अनि इन्स्टाग्राममा १६ हजार फलोअर कमाएका छन् आयुषले। साधारण भिडियो पोष्ट गर्दै सुरु गरेका आयुष अहिले आफ्ना सब्स्क्राइबर र फलोअरमाझ “नेपाली युटुबर”को नामले परिचित छन्।

उनी अमेरिका आउनुअघि पनि भिडियो युटुबमा प्रस्तुत गर्ने गर्थे। अमेरिका आएपछि उनले यसलाई गति दिए। नेपाल र अमेरिका बसोबासको भिन्नता, अमेरिका बसाइका फाइदा-बेफाइदा, नेपालका तथ्यहरु जस्ता विषयमा भिडियो बनाएर उनले नेपाल प्रतिको स्नेह एवम् राष्ट्रियता जिवितै राखेको देखिन्छ। यसका साथै, अमेरिकनहरुलाई नेपाली बोल्न लगाई एउटा भिडियो निकालेका छन् भने अर्को भिडियोमा आफु नेपाली बोलेर अमेरिकनलाई त्यसको अर्थ अनुमान गर्न लगाएका छन्, यी दुई भिडियोले रिमाललाई धेरै प्रशंसक बटुल्ने मौका दियो।

उनी भन्छन्, 'युटुब मेरा लागि पेशा नभएर सोख हो।'

आफ्नो फुर्सतको समय अर्थपुर्ण काममा बिताउन रुचाउने रिमाल त्यस्तै समयको सदुपयोग गर्दै भिडियो बनाएका हुन्। आफना प्रशंसक र पढाईले साथ दिँदासम्म युट्युब यात्रा जारी राख्ने उनको बाचा छ। उनी अहिले 'कम्प्युटर साइन्स' पढिरहेका छन्।

-सेतोपाटि सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्