विराट गोल्डकप फुटबल टुर्नामेन्टको तयारी अन्तिम चरणमा

विराट गोल्डकप फुटबल टुर्नामेन्टको तयारी अन्तिम चरणमा

बिनु तिम्सिना

 बिराटनगर फाल्गुन ३

विराटनगरमा फागुन ६ गतेदेखि १५ गतेसम्म हुने विराट गोल्डकप फुटबल टुर्नामेन्ट प्रतियोगीता २०७२ को तयारी अन्तिम चरणमा पुगेको छ । महेन्द्र गोल्डकपको परिमार्जित संस्करणका रुपमा २०६८ सालदेखि सुरु यो प्रतियोगिताको यस वर्षको संस्करणलाई भब्य रुपमा सम्पन्न गर्न आयोजक समितिले तयारीको कार्य तिब्रताका साथ अगाडी बढाएको हो ।
विराट गोल्डकप फुटबल टुर्नामेन्ट प्रतियोगितालाई अघिल्लो वर्ष भन्दा यस पटक भब्यताका साथ सफल पार्न यतिबेला आयोजक समिति लागि परेको छ । यही फागुन ६ गतेदेखि हुने भनिएको यो प्रतियोगिताका लागि यतिबेला मैदान सम्याउने, घेराबारा गर्ने लगायतको प्रचारप्रसारमा लागेको आयोजकले जनाएको छ । वाहिरवाट आउने खेलाडीहरुलाई खाना र बस्नको लागी होटल बुकिङ गर्ने, प्याराफिट मर्मतसंभार, रंगरोगन, घेरावारा गर्ने कार्य अन्तिम चरणमा पुगेको विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाले बताउनुभयो ।
विराट गोल्डकप फुटबल टुर्नामेन्ट प्रतियोगिता आयोजक समितिका संयोजक राजेन्द्र राउतले यस वर्ष प्रतियोगितामा अन्तराष्ट्रिय स्तरका खेलाडिहरुको सहभागिता हुने भएकाले अघिल्लो वर्ष भन्दा यस वर्षको प्रतियोगिताले ठुलो सफलता पाउने दावि गर्नुभयो ।
अध्यक्ष राउतले प्रतियोगितालाई विराटनगरको निजी क्षेत्रको पहलमा भएको ऐतिहासिक कामको रुपमा बुझेर सबैक्षेत्रलाई सहयोग गर्न आग्रह गर्नुभयो । सिजनल टिकट खरिद गर्नेले प्रतियोगीता भर रंगशालामा छुट्टै स्थानमा टेन्ट लगाएर बसेर हेर्न पाउने ब्यवस्था मिलाइएको छ । त्यसका साथै प्रि क्वाटर र क्वाटर फाइनलका खेलका लागी टिकट दर १ सय, २ सय र सेमिफाइनल र फाइनलका लागी २ सय र ३ सय तोकिएको छ । प्रतियोगीतामा भारतको कलकत्ता, सिक्किम र उडिसाको गरि तीन टिम, बंगलादेशको एक टिम , नेपालका मनाङ मस्र्याङदी, विभागीय टिमहरु नेपाली सेना र सशस्त्र प्रहरी वल सहित दशवटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगीता संचालन गर्न करिब ७५ लाख रुपैयाँ खर्च लाग्ने भनिएपनि विदेशी टिमहरुको सहभागीता हुने भएकोले यातायात खर्चका कारण १÷२ लाख रुपैयाँ बढ्न सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । मोफसलमै सर्वाधिक राशी रहेको प्रतियोगीतामा विजयी टिमले नगद ५ लाख १ हजार र द्धितिय हुनेले ३ लाख १ हजार रुपैयाँ, शिल्ड, कप तथा मेडल प्राप्त गर्नेछन् । यसका साथै सहभागी टिमहरुले पराजीत भएपनि केहि न केही नगद प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्