बिराटनगर फागुन ४, मंगलबारदेखि जिल्ला आपूर्ति समिति मोरङले इन्धनमा कुपन सिस्टम हटाएको छ । नाकाबन्दी र मधेस आन्दोलनका कारण इन्धनको समस्य भएपछि कुपन सिस्टम शुरु गरिएको थियो । नाकाबन्दी र बन्द खुलेर सहज अबस्था भएपछि मंगलबारदेखि सबै पेट्रोल पम्प खुल्ने मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले जानकारी दिनुभएको छ ।