विराटनगर, फागुन ४ ।
बिराटनगर स्थित कोशी अञ्चल अस्पतालमा स्वास्थ्यमन्त्री रामजनम चौधरीसहितको टोलीले सोमबार अनुगमन गरेको छ । अस्पतालमा अनुगमनपश्चात मन्त्री चौधरीले लामो समयदेखि अञ्चल अस्पतालको रुपमा रहेको कोशी अञ्चल अस्पतालाई क्षेत्रीय अस्पतालको रुपमा विकास गर्न आफ्नो मन्त्रालयले प्रक्रिया सुरु गर्ने बताउनुभयो । उहाले कोशी अञ्चल अस्पताललाई व्यवस्थित एवं गुणस्तरीय सेवा प्रदान गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो । मन्त्री चौधरीले स्वास्थ्यसेवाको गुणस्तर सुधार गर्दै गरिब तथा असहाय जनतालाई सहज रुपले सेवा प्रदान गर्नसमेत स्वस्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रोशन पोखरेलले १६ वटा जिल्लालाई सेवा पु¥याउँदै आएको कोशी अञ्चल अस्पतालाई क्षेत्रीय अस्पतालको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । अस्पतालमा पर्याप्त बजेट, भौतिक पूर्वाधार निर्माण तथा खाली रहेका दरबन्दी स्वास्थ्य उपकरण तत्काल पूरा गर्नसमेत मन्त्री चौधरीलाई आग्रह गरिएको थियो । ५० शैय्याबाट सुरु भएको सो अस्पतालमा अहिले साढे तीनसय शैय्यामा सञ्चालनमा छ ।